प्रधानन्यायाधीश प्रकरणमा म केही बोल्दिन- प्रधानमन्त्री देउवा-Sutra News

प्रधानन्यायाधीश प्रकरणमा म केही बोल्दिन- प्रधानमन्त्री देउवा

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको विवादको समाधान सम्बन्धित् निकायले नै निकाल्नु पर्ने सुझाव दिएका छन् ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छ भने सर्वाेच्चै १९ जना न्यायाधीश पनि आन्दोलनमा छन् ।

बिहीबार र शुक्रबार बारले दिएको धर्ना कार्यक्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी परेको छ । यसपछि शुक्रबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री देउवालाई न्यायालयमा भइरहेको विवाद र प्रदर्शनबारे ब्रिफिङ गराएका छन् ।

सोही क्रममा प्रधानमन्त्री देउवाले कार्यपालिकाले न्यायापालिकामा भइरहेको विरोध, प्रदर्शन र विवादबारे हस्तक्षेप गर्न उचित नहुने भएकाले सम्बन्धित् र सरोकारवालाबाटै निकास निकाल्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार आन्दोलनमा उत्रिएको हो ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट