मौसम विभागले भन्यो- चिसो झनै बढ्छ, उच्च सतर्कता अपनाउनु-Sutra News

मौसम विभागले भन्यो- चिसो झनै बढ्छ, उच्च सतर्कता अपनाउनु

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।  विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।



अहिले देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकि भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

 २०७८ कार्तिक २६ गते (शुक्रबार) 

राती: प्रदेश १ र प्रदेश  २ लगायत अन्य प्रदेशको पहाडी  भू-भागमा  आंशिक  बदली रही  बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा  रहने छ।

२०७८ कार्तिक २७ गते (शनिबार) 

दिउँसो:  देशको पहाडी  भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक  बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

२०७८ कार्तिक २८ गते (आईतबार) 

दिउँसो:  देशका प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक  बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सामान्य  सतर्कता अपनाउनु  हुन  अनुरोध छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट