बार एशोसिएशनको आन्दोलनलाई प्रभाव पार्न खोज्ने ५० पक्राउ-Sutra News

बार एशोसिएशनको आन्दोलनलाई प्रभाव पार्न खोज्ने ५० पक्राउ

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रभाव पार्न खोज्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा समर्थन गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । सोही क्रममा प्रहरीले पक्राउ गरेका हो ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्र राणा विवादमा परेका छन् । उनको पक्ष र विपक्षमा अहिले आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट