माधव नेपाल लन्च खाएर फर्किनुभयो, म एमालेमा नै छु- मेयर चौधरी-Sutra News

माधव नेपाल लन्च खाएर फर्किनुभयो, म एमालेमा नै छु- मेयर चौधरी

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८
meyar chaudhari

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् ।



गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन् ।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगाएको बताएका हुन् । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, उनले चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् । तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट