कोभिड खोपको ‘प्रतिरोधात्मक क्षमता घट्दै’, दुवै मात्रा खोप लगाएका मानिसलाई पनि जोखिम कायम-Sutra News

कोभिड खोपको ‘प्रतिरोधात्मक क्षमता घट्दै’, दुवै मात्रा खोप लगाएका मानिसलाई पनि जोखिम कायम

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा कोरोनाभाइरस सङ्क्रमणले मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन्।



कोभिड खोपका पूर्ण मात्रा लिएका व्यक्ति कति सुरक्षा बाँकी त?

मानव शरीरमा प्रतिरक्षा प्रणालीको दुई ठूला भूमिका छन्: शरीरलाई सङ्क्रमित हुनबाट रोक्ने र सङ्क्रमण रोक्न नसकेको अवस्थामा शरीरमा भएको सङ्क्रमण हटाउने।

एउटा काल्पनिक अवस्था सोचौँ: मानौँ शरीरको प्रतिरक्षा प्रणाली मध्यकालीन गढ हो। त्यस गढ वरपर कोरोनाभाइरस पक्षका निर्दयी सेनाहरू छन्। उनीहरू महलभित्र छिर्न खोज्दै छन्।

हाम्रो पहिलो रक्षा धनुर्धारी सेनाको बाहिरी पर्खाल हो। यो शरीरको एन्टिबडी हुन्। एन्टिबडीले विपक्षी सेनालाई रोक्न सके भने हामी सङ्क्रमित हुँदैनौँ।

तर यदि ती पर्खालहरू भत्किए र एन्टिबडी कमजोर प्रस्तुत भएको अवस्थामा भाइरस भित्र पस्छ। अर्थात् हामी सङ्क्रमित हुन्छौँ।

सङ्क्रमण हुनु पूर्ण हार होइन। अझै पनि गढको भित्री भागमा केही सैनिक बाँकी छन्।

उनीहरू हाम्रो शरीरमा भएको ‘मेमोरी बी’ र ‘मेमोरी टी’ कोशिका हुन्। ती घोडसवार सैनिकजस्तै गरी निस्कन सक्छन्। जसले प्रतिरक्षात्मक क्षमतालाई अघि बढाई आक्रमणकारीहरूलाई बाहिर निकाल्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट