कर्मचारीलाई समाजवाद पढाउनुपर्ने अर्थमन्त्री शर्माको भनाइ-Sutra News

कर्मचारीलाई समाजवाद पढाउनुपर्ने अर्थमन्त्री शर्माको भनाइ

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८
फाइल फोटो

अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीले समाजवाद पढ्नुपर्ने र बुझ्नुपर्ने बताएका छन् । आइतवार राजस्व प्रशासनसम्बन्धी तालिमको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले कर्मचारीले समाजवादका बारेमा जान्नुपर्ने बताएका हुन् ।



संविधानमा समाजवाद उल्लेख गरिएकाले कर्मचारीले त्यसलाई बुझेर काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो’, मन्त्री शर्माले भने ।

उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्नुपर्छ भन्ने कुरा कर्मचारीहरूले बुझ्नुपर्ने बताए ।उनले समाजवादउन्मुख अर्थतन्त्रका लागि प्रगतिशील कर प्रणाली लागू गर्नुपर्नेसमेत बताए ।

उनले आगामी बजेटमा कर प्रणालीमा आधारभूत परिवर्तन हुनेसमेत दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट