मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ९ घाइते-Sutra News

मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ९ घाइते

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खस्दा ९ जना घाइते भएका छन् । आज बिहान मुस्ताङको  मानापाथी हिमालबाट खसेको पहिरोमा परेर भागदौडको क्रममा सोही विद्यार्थीहरु घाइते भएका हुन् । पहिरोका कारण  लाजेङ र न्याउरीकोट ढाकिएको छ ।



हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज सुनेपछि जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए ।

हिमपातमा परेर घाइते भएका विद्यार्थीहरुलाई उपचारका लागि जोमसोम ल्याउने तयारी भइरहेको छ ।

पहिरोका कारण स्थानीयवासीहरु त्रासमा परेका छन् । पहिरो अझै जानसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट