भारतमा आत्महत्या गर्ने व्यापारीको संख्या ५० प्रतिशतले बढ्यो  -Sutra News

भारतमा आत्महत्या गर्ने व्यापारीको संख्या ५० प्रतिशतले बढ्यो  

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

कोभिड १९ महामारीले आर्थिक क्षेत्रमा गिरावट ल्याएसँगै भारतमा व्यापारी र व्यवसायीहरूको आत्महत्या संख्यामा ५० प्रतिशतसम्म बढोत्तरी भएको छ ।



भारतको राष्ट्रिय अपराध  रेकर्ड ब्यूरोले सार्वजनिक गरेको एक तथ्यांकमा सन् २०१९ मा भन्दा सन् २०२० मा आत्महत्या गर्ने व्यापारी, व्यवसायी र उद्योगपतिको संख्या झन्डै ५० प्रतिशतले बढेको देखाइएको छ ।

सन् २०२० मा ११ हजार ७ सय १६ व्यापारी व्यवसायीले आत्महत्या गरे भने सोही सालमा आत्महत्या गर्ने किसानको संख्या जम्मा १० हजार ६ सय ७७ थियो ।

यो आँकडा सन् २०१९ को तुलनामा करीब ५० प्रतिशत बढी भएको ब्यूरोले बताएको छ ।

भारतमा आत्महत्या गर्ने किसानको संख्या डरलाग्दो भएको मानिन्छ । तर कोभिड १९ का कारण भएको लक-डाउनमा आफ्नो व्यापार, व्यवसाय नचलेपछि र ऋणले थपिएपछि किसानले भन्दा धेरै व्यापारी व्यवसायीले आत्महत्या गरेको ब्यूरोको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट