सुप धेरै तातो भयो भन्दै म्यानेजरको मुखमा फ्याँकेर भागिन् यी ग्राहक [भिडियो]-Sutra News

सुप धेरै तातो भयो भन्दै म्यानेजरको मुखमा फ्याँकेर भागिन् यी ग्राहक [भिडियो]

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

अमेरिकाको टेक्सासस्थित एक मेक्सिकन रेस्टुरेन्टमा सुप तातो भएको भन्दै ग्राहकले म्यानेजरको मुखमा फ्याँकेको भिडियो भाइरल भएको छ ।



भिडियोको शुरुवातमा एक महिला रेस्टुरेन्ट म्यानेजरलाई खोज्दै आउँछिन् । उनको हातमा प्याक गरिएको सुप हुन्छ । उनले म्यानेजरलाई सुप तातो भएकाले बन्द गर्ने ढकन पग्लिएको बताउँछिन् ।

म्यानेजरले उनको कम्प्लेन सुन्न नपाउँदै उनले तातो सुप म्यानेजरको अनुहारमा फ्याँकेर हतार हतार बाहिर निस्किन्छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले उक्त म्यानेजरको नाम जेनेल ब्रोलेण्ड भएको बताएका छन् ।

प्रहरीले अहिले महिला ग्राहकको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट