कोरोनाको खोप लगाउनेबित्तिकै करोडपति भइन् यी महिला-Sutra News

कोरोनाको खोप लगाउनेबित्तिकै करोडपति भइन् यी महिला

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

अष्ट्रेलिया सरकारले आजकल द मिलियन डलर भ्याक्स एलाइन्स चिट्ठा प्रणाली नामको एउटा अभियान चलाइरहेको छ । यस अभियानको उद्देश्य बढी भन्दा बढी नागरिकले कोरोना विरुद्धको खोप लगाउन् भन्ने हो ।



अहिलेसम्म ३० लाख अष्ट्रेलियन नागरिक यस अभियानमा जोडिएका छन् र खोप लगाएका छन् ।

यो अभियानले नागरिकको जीवनसमेत परिवर्तन गरेको छ । यतिबेला अष्ट्रेलियाका सञ्चारमाध्यमहरूले एक २५ वर्षीय महिलाका बारेमा समाचारहरू प्रसारण गरेका छन् जो यो अभियानमार्फत खोप लगाउनेबित्तिकै करोडपति भएकी छिन् ।

ती युवतीको नाम जोआने जू हो । उनले खोप लगाउने बित्तिकै चिट्ठा परेको थियो । लकी ड्रमा उनले १० लाख अष्ट्रेलियन डलर अर्थात् ८ करोड नेपाली रुपैयाँभन्दा बढी जितेकी छिन् । चिट्ठा जितेपछि उनले आफूलाई यो सपनाजस्तै भएको बताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट