यस्तो पो होस् प्रेम – पत्नीको मृत्युपछि पतिले बनाए पत्नीको मन्दिर, दिनदिनै गर्छन् पूजा-Sutra News

यस्तो पो होस् प्रेम – पत्नीको मृत्युपछि पतिले बनाए पत्नीको मन्दिर, दिनदिनै गर्छन् पूजा

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

भारतको मध्यप्रदेशको शाजापुरका नारायण सिंहले आफ्नी पत्नीको मृत्यु भएपछि पत्नीकै मन्दिर बनाएर दिनदिनै पूजा गर्न थालेका छन् ।



पत्नीशोकलाई उनले प्रेम गर्ने नयाँ तरिकामा रुपान्तरण गरेका हुन् । उनको यस्तो क्रियाकलापलाई स्थानीयले पत्नीप्रेम भन्दै सराहना गर्ने गरेका छन् ।

पत्नीको नाममा मन्दिर बनाएर उनले एक प्रतिमासमेत राखेका छन् । उक्त प्रतिमालाई उनी र उनका छोराले बिहान बेलुका पूजा गर्ने गर्दछन् ।

यो आइडिया उनका छोराले दिएका हुन् । छोराका अनुसार आमाको निधन भएपनि सधैं याद गर्नका लागि मन्दिर र प्रतिमा बनाइएको हो । यही पूजा आराधनामार्फत उनीहरूले मृतकलाई सम्झने गरेका छन् ।

गतसाल भारतको कर्नाटक राज्यबाट पनि यस्तै समाचार आएको थियो । पत्नीको मृत्यु भएपछि एक व्यक्तिले उनको सिलिकनको मूर्ति बनाएर सोही मूर्तिका साथ नयाँ घरमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट