मजदूरी गर्नेको बैंक खातामा १० करोड, खातावाललाई नै थाहा छैन कसरी खोलियो एकाउन्ट-Sutra News

मजदूरी गर्नेको बैंक खातामा १० करोड, खातावाललाई नै थाहा छैन कसरी खोलियो एकाउन्ट

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

भारतको बिहार राज्यको सुपौल बस्ने एक दैनिक मजदूरका नाममा रहेको खातामा करीब १० करोड भारु भेटिएको छ । अचम्म त त्यतिबेला भयो जतिबेला ती मजदूरले आफ्नो नाममा कुनै पनि बैंकमा खाता नरहेको बताए ।



बैंक अफ इन्डिया सुपौल शाखामा उनको नाम र आधार कार्ड नम्बरमा रहेको खातामा १० करोड भेटिएको हो । उनले आफ्नो नाममा जब कार्ड लिन गएका बेला बैंक खाता अनिवार्य पर्ने भएकाले बैंकमा समेत पुगेका थिए । उनको नाममा पहिल्यै एउटा खाता रहेको बैंकका अधिकारीले पुष्टि गरेका छन् ।

बिपिन चौहाननामका ती व्यक्तिको नाम र आधार कार्डको नम्बर जाँचेर हेर्दा खाता उनकै नाममा भएको पाइएको हो । तर उनले आफूले अहिलेसम्म कुनै पनि बैंकमा खाता नखोलेको बताएका छन् ।

उक्त बैंक खाता १३ अक्टुबर २०१६ मा खोलिएको थियो । त्यस खातामार्फत करोडौं रुपैयाको कारोवार पनि भएको देखिएको छ । जबकी बिपीन एक दैनिक मजदूर हुन् र दिनमा मुश्किलले २ सय कमाउँछन् ।

उनले भने, ‘मैले सम्बन्धित बैंक खाताको शाखासँग सम्पर्क गरें र उनीहरूले चेक गरे । त्यसमा सन् २०१७ मा करोडौं रुपैयाँको कारोबार भएको रहेछ । अहिले करीब १० करोड खातामा देखिएको छ । आधार कार्ड मेरो प्रयोग गरिएको रहेछ भने खाता खोल्दा चाहिने बुढी औंलाको छाप र फोटोको बारेमा मैले जानकारी लिएको छैन ।’

उनको आधार कार्ड प्रयोग गरेर खाता खोलिएको देखिएपछि बैंकले उक्त खाता फ्रीज गरिदिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट