सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल-Sutra News

सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

काठमाडौँ । निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्ममा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहनेछ ।



सुदर्शनका अनुसार फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकता दिइने भएको छ ।  फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ ।

फिल्मका लागि अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोश्रो साताबाट यो फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट