मुगुमा भीषण आगलागी, दमकल अभावमा हुन सकेन नियन्त्रण-Sutra News

मुगुमा भीषण आगलागी, दमकल अभावमा हुन सकेन नियन्त्रण

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

मुगुको सदरमुकाम गमगढीमा आगलागी भएको छ । सोमवार रातिदेखि लागेको आगोमा परेर २१ घर नष्ट भएको छ । दमकल अभावमा तत्कालै आगलागी नियन्त्रण हुन नसक्दा यति धेरै क्षति भएको हो ।



मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतोले जनाए । ‘राति १२ बजेबाट फैलिएको आगोले २१ घरपरिवार नष्ट भएको छ,’ महतोले भने, ‘मानवीय क्षति भने भएको छैन । दमकल अभावमा हामीले आगो नियन्त्रण गर्न सकेनौं ।’

साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरू भएकाले यति धेरै क्षति भएको हो । आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको महतोले जनाएका छन् ।

मंगलवार बिहान भने आगो आफैं नियन्त्रणमा आएको छ । मानवीय क्षति नभएपनि धेरै वस्तुभाउ आगोमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट