एनआरएन अष्ट्रेलियाको चुनाव : एक्जिट पोलमा पोखरेल अगाडि-Sutra News

एनआरएन अष्ट्रेलियाको चुनाव : एक्जिट पोलमा पोखरेल अगाडि

शुक्रबार, १२ साउन २०८०

शुक्रबार, १२ साउन २०८०

गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेल एक्जिट पोलमा अगाडि देखिएका छन् ।



एनआरएनए प्रि एक्जिट पोलमा अनिल अन्य दुई जना उम्मेदवारलाई पछि पार्दै अग्र भागमा देखिएका हुन् ।

एक्जिट पोलमा उनले अर्का उम्मेदवार डिला खरेललाई ३२ मतले पछि पारेका छन् । उनले ९६६ (३४.५० प्रतिशत) मत पाउँदा खरेलले ९३४ (३३.३६%) मत पाएका छन् ।

यस्तै अर्का उम्मेदवार देवबहादुर गुरुङले ९०० (३२.१४%) मत पाएका छन् । कुल २८०० मत खसेकोमा अनिल अगाडि देखिएका हुन् । एनआरएनए अष्ट्रेलियाको चुनाव शनिवार हुँदैछ ।

एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट