गृहमन्त्रालय नपाए रास्वपाले प्रचण्ड सरकारमा पाइला नटेक्ने-Sutra News

गृहमन्त्रालय नपाए रास्वपाले प्रचण्ड सरकारमा पाइला नटेक्ने

सोमबार, १३ चैत्र २०७९

सोमबार, १३ चैत्र २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिल्यै पाएको मन्त्रालय पाएमात्रै सरकारमा सहभागी हुने बताएको छ ।



गत १० पुसमा गठबन्धन बन्दा रास्वपाले गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य राज्यमन्त्री पाएको थियो  ।

प्रवक्ता डा. मुकुल ढकालले साविकको मन्त्रालय नपाए सरकारमा जाने कुरामा छलफल नहुने जानकारी दिएका छन् ।

तर, गृह मन्त्रालयमा कांग्रेस, नेकपा एस र माओवादीले दाबी गरेपछि प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सकेका छैनन् ।

रास्वपाका सभापति लामिछानेको सांसद पद गुमेपछि गृहमन्त्री पद पनि गएको थियो ।

चितवन-२ मा उपनिर्वाचन हुँदैछ । त्यसमा रवि फेरि भिड्ने भएका छन् ।

उनले गत संघीय चुनावमा भारी मतका साथ चुनाव जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट