छोराको हत्या आमाबाबु पक्राउ-Sutra News

छोराको हत्या आमाबाबु पक्राउ

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

बागलुङमा आफ्नै छोराको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।



निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विकलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको हो ।

गत साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा दुई महिनाको नाबालकलाई खोसाखोस गर्ने क्रममा भुईमा बझारिएर घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला अदालत बागलुङमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट