जलहरी निर्माणमा भ्रष्टाचार गरेको आरोपी थापासँग तीन लाख माग-Sutra News

जलहरी निर्माणमा भ्रष्टाचार गरेको आरोपी थापासँग तीन लाख माग

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । पशुपतिनाथको जलहरी निर्माणमा भ्रष्टाचारको आरोपी सदस्य सचिव मिलनकुमार थापासँग तीन लाख धरौटी मागिएको छ ।



विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले पशुपति क्षेत्र विकास कोषका निलम्बित थापालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट