डुङ्गा दुर्घटना : बेपत्ता २७ जनाको उद्धार-Sutra News

डुङ्गा दुर्घटना : बेपत्ता २७ जनाको उद्धार

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा सोमबार एउटा काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।



इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै मध्यरात स्थानीय समयानुसार आइतबार ५ बजे डुङ्गामा ४८ जना यात्रा गरिरहेका जनाएको छ ।

उक्त घटनामा घाइते अवस्थामा उद्धार गरिएका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

दक्षिणपूर्वी सुलावेसीको केन्डारी शहरमा स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाले अन्य २७ जना यात्रुको खोजी भइरहेको र मृतक सबैको सनाखत भइसकेको बताएका छन् ।

एजेन्सीले यसअघि १९ जना हराइरहेको बताएको थियो तर अराफाले खोजी कार्य अब ‘समाप्त भएको’ बताउनु भएको छ ।

स्थानीय उद्धार कार्यालयका प्रवक्ता वाह्युदिनका अनुसार डुङ्गा मुना टापुको ‘सेन्ट्रल बुटन रिजेन्सी’को लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट