त्रिकोणात्मक टी २० सिरिज– भोलि खेल हेर्न टिकट काट्नु नपर्ने-Sutra News

त्रिकोणात्मक टी २० सिरिज– भोलि खेल हेर्न टिकट काट्नु नपर्ने

शनिबार, १९ फाल्गुन २०८०

शनिबार, १९ फाल्गुन २०८०

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आइतबार हुने खेलमा टिकटबिना प्रवेश गर्न पाइने भएको छ ।



नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार हुने खेलमा दर्शकसँग कुनै शुल्क नलिने जानकारी दिएको हो । भोलि नेदरल्याण्ड्स र नामिबियाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै छ ।

आज शनिबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १५.२ ओभरमा पूरा गरेको हो ।

आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरे नेपालले फाइनल खेल्ने छ । नामिबियाले भारी अन्तरले नेदरल्याड्सलाई पराजित गरे नेट रन नेटका आधारमा टुंगो लाग्ने छ ।

नामिबियासँग -०.७०० अंकका साथ तेस्रो स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ भने नेदरल्याण्ड्स पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट