देउवा सरकार कुहिसक्यो अब फत्रक्क झर्न बाँकी छ- ओली-Sutra News

देउवा सरकार कुहिसक्यो अब फत्रक्क झर्न बाँकी छ- ओली

बिहिबार, २४ चैत्र २०७८

बिहिबार, २४ चैत्र २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल र प्रचण्डका कारण देश विकासमा अवरोध भएको बताएका छन्। उनीहरूको व्यक्तिगत समस्या र स्वार्थको बारेमा कुरा गर्दा गर्दै मुलुकको विकासलाई समत बाधा पुगेको बताएका हुन्।



सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षप्रति लक्षित गर्दै पार्टी अध्यक्ष ओलीले तीव्र आक्रोश पोख्दै सो कुरा बताएका हुन्। ओलीले माधव नेपाल र प्रचण्डसँग देशको भन्दा पनि आफ्नो स्वार्थ मात्र हेर्ने प्रवृति हाबी रहेको बताए।

देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर दुई घण्टा कराउने सम्मको मान्छे रहेको भन्दै ओलीले प्रचण्डको बारेमा टिप्पणी गरेका थिए। काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्षप्रति आक्रोशित बनेका हुन्।

सोही कार्यक्रमा उनले कांग्रेस नेतृत्वको गठबन्धन सरकार कुहिसकेको बताएका छन्। उनले कुहिएको कुरा पनि खत्रक्कै नझर्ने भन्दै मज्जाले कुहिसकेपछि आफै झर्ने बताए। उनले देउवा नेतृत्वको गठबन्धन सरकार जतिसक्दो चाँडो ढल्नुपर्ने र यो सरकार नढलेसम्म देश बर्बादीतिर मात्रै धकेलिने बताएका थिए। ‘गठबन्धन सरकार कुहिसकेको छ।

कुहिएर पनि खत्रक्कै झर्दैन। मज्जाले कुहिसकेपछि आफैं झर्छ। झर्ने समयसम्म हामीले पर्खनुपर्छ। मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ। यो सरकारलाई हामी ढाल्दैनौं। आफैं झरोस्। आफैं ढलोस्,’ अध्यक्ष ओलीले भने।

एमाले अहिले केही समय सरकार बाहिर रहेको बताउदै त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ। देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँने गरेको समेत ओलीले बताए। ‘अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ। यस्तो अवरोधका बीच पनि हाम्रो सरकारको पालामा कसरी विकासको काम अघि बढाइयो होला,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट