नेकपा एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भेटवार्ता, के-के भयो कुराकानी ?-Sutra News

नेकपा एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भेटवार्ता, के-के भयो कुराकानी ?

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।



बिहिबार बिहान अध्यक्ष ओली र गौतमबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो । सकेसम्म वाम एकीकरण र एकीकरण नभएमा चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत छलफल गर्न गौतम ओली निवास पुगेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्र छुट्टिएदेखि चुप बसेका गौतमले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । उनले सो अभियान घोषणा गर्दै एकताको प्रयास गरिरहने बताएका छन् ।

‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।गौतमले अन्य नेताहलाई पनि भेट गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट