पल शाह अझै फरार, निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा-Sutra News

पल शाह अझै फरार, निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

शनिबार, १४ फाल्गुन २०७८

शनिबार, १४ फाल्गुन २०७८

काठमाडौँ । गायिका समिक्षा अधिकारीलाई बलात्कार गरेको आरोप लागेका पल शाहलाई खोज्न सर्कुलर जारी गरेर हिँडेको प्रहरीले फिल्मका निर्देशक सुदर्शन थापालाई पक्राउ गरेका छन् ।



थापा चार दिनदेखि फरार भइरहेका पलले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। अहिले सो फिल्म रिलिज भइरहेको छ ।

अहिलेसम्म प्रहरीले पल शाहलाई पक्राउ गर्न सकेको छैन ।

प्रहरीले थापासंग आवश्यक सोधपुछ गरेको बुझिएको छ ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी थिइन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । सोही सुझाव अनुरुप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट