प्रचण्ड, माधव र उपेन्द्रबीचको भेटवार्तामा के भयो ?-Sutra News

प्रचण्ड, माधव र उपेन्द्रबीचको भेटवार्तामा के भयो ?

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

काठमाडौं – सत्ता गठबन्धनभित्रका तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुबीच भेटवर्ता भएको छ । सोमबार ललितपुर हात्तीवनस्थित जसपा अध्यक्ष उपेन्द्र यादवको निवासमा तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष यादवबीचको भेटवार्तामा सत्ता गठबन्धन र आगामी निर्वाचन बारे छलफल भएको बताइएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा एकीकृत समाजवादी पार्टीका तर्फबाट नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम हुँदै गर्दा प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता भएको हो ।

अहिले जसपामा पनि मन्त्री हेरफेर गर्ने बिषयमा पार्टीभित्रै विवाद भइरहेको छ । जसपाका दुई ठुला नेता यादव र डा। बाबुराम भटटराई बीच अन्तरविरोध देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट