फेसबुक अभियानमार्फत पैसा संकलन गरी क्यान्सर पीडितलाई सहयोग-Sutra News

फेसबुक अभियानमार्फत पैसा संकलन गरी क्यान्सर पीडितलाई सहयोग

शनिबार, २८ पौस २०८०

शनिबार, २८ पौस २०८०

काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका १ लेब्राङका क्यान्सर पीडित एक पुरुषलाई उपचारका लागि दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।



फेसबुक अभियानमार्फत अमेरिकामा संकलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो । श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट संकलन गरिएको रकम प्रदान गरिएको खाँदबारी नगरपालिका ११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए ।

फेसुबक अभियानबाट अमेरिकामा रकम जुटाएको रकम जनज्योति माध्यिमक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सर पीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उनको भनाइ थियो ।

दश वर्षअघि फेरिएको मिर्गौलाले काम नगर्ने भएपछि पुनः मिर्गौला फेर्नु पर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए ।

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसकेका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट