रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी-Sutra News

रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

नक्कली शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।



प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको हो। नक्कली शरणार्थी प्रकरणमा प्रतीक संलग्न रहेको प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नो जोडिएपछि उनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए।

उनले अनुसन्धानमा आफूले सघाउने पनि सो विज्ञप्ती मार्फत जनाएका थिए।

हालसम्म नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई प्रकाउ परिसकेका छन्।

यस्तै पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई भने हालसम्म फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट