संघीय संसद अवरुद्ध गरेको एमालेले गर्‍यो कर्णाली प्रदेशसभा बैठक पनि अवरोध-Sutra News

संघीय संसद अवरुद्ध गरेको एमालेले गर्‍यो कर्णाली प्रदेशसभा बैठक पनि अवरोध

मंगलबार, ३० साउन २०८०

मंगलबार, ३० साउन २०८०

कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।



सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ ।

त्यससम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट